प्रचार प्रसारको अन्तिम आज शिर्षनेताहरु बिहानैदेखि ब्यस्त

मंसिर १, काठमान्डौं – मंसिर ४ को सबिधानसभा निर्वाचनको प्रचार प्रसारका लागि आज अन्तिम दिन भएपछी दलका शिर्ष नेताहरु दिनभरनै ब्यस्त हुदैछन । मुख्य दल एकिकृत नेकपा माओबादी , कंग्रेस, एमालेका शिर्ष नेताहरु आज बिभिन्न चुनावी क्षेत्रमा भैरहेका सभा तथा घरदैलो कार्यक्रममा बिहानै देखि ब्यस्त छन ।
यसअन्र्तगत एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अहिले बिहान काठमाडौ उपत्यकामा हुने बिभिन्न निर्वाचन क्षेत्रमा आयोेजित चुनावी सभालाइ संवोधन गर्दै हुनुहुन्छ । आफ्नै निर्वाचन क्षेत्र काठमाडौ १० का मतदाताहरु भेटघाट गर्दै घरदैलो गर्ने जनाईएको छ । बिहान उपत्यकाका बिभिन्न निर्वाचन क्षेत्रमा सभा तथा घरदैलो सम्पन्न गरेपछि आजै र सिन्धुली ,सिन्धुपाल्चोक सिराहा र पर्सामा हुने सभालाइ संवोधन गन त्यस तर्फ जानुहुने एमाओबादीले जनाएको छ । त्यस्तै नेता बाबुराम भट्टराईले आफनै निर्वचन क्षत्रे रुपन्देही ४ मा मतदातासंग भेटभाट तथा भरदैलो गर्दै हुनुहुन्छ ।
त्यस्तै कंग्रेसका सभापति शुसिल कोईराला आज बिहान सुर्खेतमा हुने सभालाई सम्बेधन गरेपछि साझ आफ्नै निर्वाचन क्षेत्र बांके फर्केर मतदातासंग घरदैलो कार्यक्रममा ब्यसत हुनुहुने जनाईएको छ त्यस्तै बरिष्ठ नेता शेरबहादुर देउवा पनि आफ्नै निर्वाचन क्षेत्र डडेल्धुरमा मतदाताहरुर्संग भेटघाटमा ब्यस्त रहने बताईएको छ । एमालेका अध्यक्ष झलनाथ खनाल पनि प्रचारप्रसारको अन्तिक दिन आज ईलाम क्षेत्र न.१ का मतदाताहरुसंग घरदैलोमानै ब्यस्त रहनु हुने भने बरिष्ठ नेता माधव नेपाल काठमान्डौं क्षेत्र न. १० को कृतिपुरमा आयोजित सभालाई सम्बोधन गर्ने र प्रचारप्रसार र्यालीमा समेत सहभागी हुने एमालेले जनाएको छ ।