राजधानी मै बम आतंक

मंसिर १, काठमान्डौं – काठमाडौंको विष्णुमती पुलमुनि आज बिहान भेटिएको बम सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको छ । टेकु र कालीमाटी जोड्ने सो पुलमुनि प्रेसर कुकर बम भेटिएको हो । सेतो प्लास्टिकको झोलाभित्र पोका पारिएको अवस्थामा बम भेटिएको प्रहरीले जनाएको छ । सेनाको बम डिस्पोजल टोलीले सो प्रेसर कुकर बम डिस्पोज गरेको हो । बम कसले राखेको भन्ने यकिन नभएको प्रहरीले जनाएको छ । बम राख्नेको खोजी कार्य सुरु गरिएको प्रहरी प्रभाग कालिमाटीले जनाएको छ ।
यसैबिच, सप्तरीको कल्याणपुरमा भेटिएका दुई वटा शक्तिशाली बम नेपाली सेनाले डिष्पोज गरेको छ । जयकृष्ण गोइत नेतृत्वको अखिल तराई मुक्ति मोर्चाले पूर्व पश्चिम राजमार्गको कल्याण्ँपुर र आरके आयल ट्रेडर्स सप्लायर्समा राखेको सकेट बम नेपाली सेनाको टोलीले डिष्पोज गरेको हो । बमका कारण पूर्व पश्चिम राजमार्ग तीन घण्टा अवरुद्ध भएको थियो । बम डिष्पोज गरिएपछि अहिले राजमार्गमा सवारी चल्न थालेका छन् ।