आज समानुपातिकतर्फको बन्दसुचि पेश गर्ने दिन

असोज, १८ काठमाडौं । आज निर्वाचन आयोगमा समानुपातिक तर्फको सभासद बनाउन नाम सिफारीस बुझाउने अर्थात बन्दसुचि पेश गर्ने दिन । हिजो मात्र प्रत्यक्षतर्फ उमेद्वारी दिएका दलहरु आज समानुपातिक सभासदको नाम छान्न ब्यस्त छन् भने प्रत्यक्षमा टिकट नपाएकाहरु समानुपातिकमा नाम लेखाउन दौडधुपमा देखिएका छन् ।

 

निर्वाचन आयोगका प्रवक्त विरवहादुर राइका अनुसार आज निर्वाचन आयोगमा दल दर्ता गराएका सबै १ सय २४ दलले सामानुपातिकका लागी आफ्ना उम्मेद्धारको बन्द सुचि पेश गर्ने छन् ।

आज पेश भएको बन्द सुचि निर्वाचन आयोगले कात्र्तिक ६ गते मात्रै सार्वजनिक गर्ने छ भने त्यस पछि दावि विरोधि पछि अन्तिम नामावली २९ गते प्रकाशन गर्ने कार्यतालिका रहेको छ । बन्द सुचिमा राखिएको नाम अन्तिम हुने भएकाले यसमा आफ्नो नाम चढाउन नेताहरुको दौडधुप चलेको हो ।

तर समानुपातिका सभासद बनाउने मध्ये एक तिहाइ महिला सहित जनजाति, मधेसी आदि आरक्षणको कोटालाई समेत दलहरुले पालना गर्नुपर्ने हुन्छ ।