दललाई प्रचार प्रसार गर्ने आज अन्तिम दिन

मंसिर १, काठमान्डौं – आसन्न संविधानसभा निर्वाचनका लागि प्रचार प्रसार गर्ने आज अन्तिम दिन हो । निर्वाचन आयोगद्धारा जारि अचारसंहिता अनुसार भोलि विहान सात बजेपछि दलले निर्वाचनको प्रचार प्रसार गर्न नपाउने भएपछि आज अन्तिम दिन नेताहरु दिनभरनै प्रचार प्रसारमा ब्यस्त हुदैछन्।
मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतदानको काम पूरा नभएसम्म जुलुस निकाल्न, नारा लगाउन, राजनीतिक दल वा राजनीतिक दलसग आबद्ध संस्थाको झण्डा, निर्वाचन चिन्ह र अन्य कुनै पनि सामग्री प्रदर्शन गर्न र निर्वाचन प्रचार–प्रसार हुने कुनैपनि कार्य गर्नु र गराउनु नपाईने निर्वाचन आचारसंहितामा उल्लेख छ । आचारसंहिता उल्लंघन भएमा कानुनी कारवाही गरिने आयोगको भनाई छ ।
आयोगले आचारसंहिता विपरित काम गर्ने राजनीतिक दल, उम्मेदवार, व्यतmी , संस्था, पदाधिकारी वा निकायलाई एक लाख रुपैयासम्म जरिवाना गर्न सक्ने आयोग प्रबतmा बिरबहादुर राईले बताए ।