रेडियो पहिचानका अध्यक्ष चौधरीलाई ज्यान मार्ने धम्की

असोज, १७ काठमाडौ । कञ्चनपुर थारु पत्रकार सङ्घ, नेपालका सुदूरपश्चिम इन्चार्ज तथा कञ्चनपुरको महेन्द्रनगरस्थित रेडियो पहिचानका अध्यक्ष रामचन्द्र कुस्मी चौधरीमाथि केही व्यक्तिहरुले ज्यान मार्ने धम्की दिएका छन । हिजो साझ करिब साढे ६ बजेतिर सुडा– ५, सुन्दरपुर कञ्चनपुरका गोपालबहादुर चन्दको नेतृत्वमा आएको पााचजनाको समूहले पहिचानको कार्यालयमा गई चौधरीलाई ज्यान मार्ने धम्की दिएको हो ।

एफएम कार्यालयमा पत्रकारिता तालिम भइरहेको र सो तालिममा सहभागी नै नभई प्रमाणपत्र पाउनुपर्ने भन्दै चन्द नेतृत्वको समूहले धम्की दिएको चौधरीले बताउनुभयो । मादकपदार्थ सेवन गरेको समूहले पहिचानको कार्यालयमा तोडफोड गर्नुकासाथै ल्यापटप, प्रोजेक्टरलगायत तालिम सामग्रीहरुमा क्षति पुर्‍याएको छ ।

सो घटनाको थारु पत्रकार सङ्घ केन्द्रीय कार्य समितिले विज्ञप्ति जारी गर्दै भत्र्सना गरेको छ । गैर पत्रकारले स्वार्थपूर्ति गर्न, प्रमाणपत्रको दुरुपयोगका लागि जवरजस्ती प्रमाणपत्र माग्नु आफैमा लाजमर्दो र आपत्तिजनक भएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

त्यसैगरी, आदिवासी जनजाती पत्रकार महासङ्घ (फोनिज) कञ्चनपुर, आदिवासी जनजाति संयुक्त सञ्चार समाज कञ्चनपुरलगायतका सञ्चारकर्मीहरुको बिभिन्न पेशागत संघसंगठनहरुलेसमेत घटनाको भत्र्सना गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन ।

दोषीलाई कडा कारबाही नभए उनीहरुले कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएका छन । उता कञ्चनपुर प्रहरीले घटनामा संलग्नहरुको खोजी कार्य जारी रहेको जनाएको छ ।