पुर्वका नौ जिल्लामा सडक यातायात बन्द

असोज, १७ काठमाडौं । आगामि मंसिर ४ गतेको लागि घोषित संविधानसभाको निर्वाचनको विपक्षमा रहेको मञ्च सम्बद्ध संघीय लिम्बुवान राज्य परिषदले प्रत्यक्ष तर्फको उमेदवारी दर्ता गर्ने दिन आज पुर्वका नौ जिल्लामा सडक यातायात बन्दको आह्वान गरेको छ ।

संविधानसभाको निर्वाचन अघिनै गोलमेच सम्मेलन गरी निर्वाचन प्रकृया सुधार गर्नुपर्ने माघ दोहोर्‍याउदै निर्वाचन प्रकृया विथोल्ने कार्यक्रम सहित आज यातायात बन्दको घोषणा गरेको हो ।

 

बन्दको कारण पुर्वको मेची र कोशी राजमार्गमा विहानै देखि यातायात सञ्चालनमा आउन सकेको छैन भने भित्री राजमार्गमासमेत यातायात बन्द भएका छन् । यातायात बन्द हुँदा दसैंमा घर र्फकने सयौ यात्रु अलपत्र परेका छन् ।

 

परिषदका अध्यक्ष कुमार लिङ्देन मिराकले कार्तिक ७ गते मोरङको उर्लाबारी देखि झापाको दमक सम्म १० हजार लिम्बुवान भोलेन्टियर्स मार्च पास गर्ने, कार्तिक ११ गते लिम्बुवान नौ जिल्ला आम हडताल आब्हान, कार्तिक २ गते देखि उम्मेदवारहरुलाई गाउँ प्रवेशमा रोक, चार दलका शीर्ष नेताहरु पुगेको जिल्ला बन्द गर्ने र ३३ दलको कार्यक्रमलाई सहयोग गर्दै कार्तिक २५ गतेदेखि मंसिर ५ गतेसम्म नेपाल बन्द गर्नेसमेत बताएका छन् ।