विद्यार्थीहरुद्धारा आयल निगमको कार्यलय घेराउ

असोज ११, काठमान्डौ–  सरकारले पेट्रोलियम पदार्थमा गरेको मुल्यवृद्धि फिर्ता नलिएको भन्दै आन्दोलनरत १७ विद्यार्थी संगठनले आज नेपाल आयल निगमको कार्यलय घेराउ गरेका छन् । बबरमहलस्थित निगमको कार्यलयमा बिहान १० बजेदेखि कालो झण्डासहित बिधार्थीहरु धर्नामा रहेको नेविसंघका प्रवक्त युपी लामिछानेले जानकारी दिए ।
बिरोधका कार्यक्रम अनुसार हिजो नै निगमको कार्यलय घेराउ गर्ने कार्यक्रम रहेपनि मन्त्रीपरषद अध्यक्ष खिलराज रेग्मी अमेरिका जाने भएकाले हिजो बालुवाटारमा धर्ना दिइएको लामिछानेले बताए । निगमले पेट्रोलमा प्रतिलिटर ५ र मटितेल र डिजेलमा प्रतिलिटर ३–३ रुपौया मुल्यवृद्धि गरेदेखिनै बिद्यार्थीहरु आन्दोलित भएका हुन् ।