एएफसी प्रेसीडेन्स कप फुटबलको उद्घाटन खेलमा तुर्कीमिनीस्तानको बालकोनद्धारा थ्रीस्टार पराजित

असोज ७ , काडमान्डौं – मलेशियाको मेलाकामा आजबाट सुरु भएको एएफसी प्रेसीडेन्स कप फुटबलको फाईलन चरणको उद्घाटन खेलमा सहिद स्मारक लिग बिजेता लक्ष्मी बैंक थ्रीस्टार क्लब तुर्कीमिनीस्तानको वाल्कोनी क्लबसंग पराजित भएको छ । हाङ्ग जेबाट रंगशालामा आज सम्पन्न पहिलो खेलमा थ्रीस्टार बाल्कन क्लबसंग ६ गोलको फराकिलो गोल अन्तरले जराजित भएको हो । खेलको सुरुवाती देखीनै बाल्कनको दबादमा रहेको थ्रीस्टारले खासै राम्रो खेल प्रदर्शन गर्न सकेन । हारसंगै थ्रीस्टारलाई अघिल्लो चरणको खेलमा प्रबेशका लागि निकै कठिन भएको छ ।
थ्रीस्टारले आफ्नो दोस्रो खेलमा असोज ९ गते समुहकै मंगोलियाको ईरचिमसाग प्रतिस्पर्धा गर्नेछ । सन् २००५ मा काडमान्डौंमा भएको एएफसी प्रेसीडेन्स कपको पहिलो संस्करणमा सेमिफाईनल पुगेको थ्रीस्टार बाल्कन बिरुद्धको खेलमा निकै हौसलाका साथ मैदान उत्रेको थियो । एएफसी प्रेसीडेन्ट्स कपमा विभिन्न देशका ६ टोलीको सहभागीता रहको छ । प्रतियोगीतामा भाग लिन २० खेलाडी र १२ अफिसीयल सहित नेपालको प्रतिनिधित्व गर्दै थी्र स्टार असोज ४ गते मलेशिया प्रस्थान गरेको थियो ।