सवारी दुर्घटनामा परि ३ जनाको मृत्यु

असोज ७, नवलपरासि –  नवलपरासिको प्रगतिनगरमा भएको सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । भैरहवाबाट काठमाण्डौ जादै गरेको लु १ ख ७३६४ नम्बरको यात्रुबाहक बसले दिउसो करिब सवा ३ बजेतिर दलदले बजारमा ना १९ प ८३०४ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा सो दुर्घटना भएको हो । दुर्घटनामा परि मोटरसाईकलमा सवार ३ जनाको घटनास्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कावासोतिका प्रहरी निरिक्षक मोहन अधिकारीले जानकारी बताए ।मृत्यु भएका मध्ये प्रगतिनगर ६ पृथ्बिनगरका करिब ५५ बर्षिय राम प्रसाद भुषाल , निजकी छोरी रजहर बस्ने २६ बर्षीय लक्ष्मी तिवारी र भुषालका नाती २ बर्षीय युगल तिवारी रहेको ईलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ । ना ४ ख ७८२१ नम्बरको बसलाई उछिन्न खोज्दा सो दुर्घटना भएको प्रहरीको भनाई छ । ठक्कर दिने बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । भुषालको घरमा श्राद्ध सकेर छोरी र नातिलाइृ रजहर घरमा पुऱ्याउन जाने क्रममा सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।