पत्रकार सम्मानीत

काठमाडौं, भदौं ९
कान्तिपुर राष्ट्रिय दैनिककी संवाददाता मधु शाही र गायिका सुनिता दुलाल राजधानीमा शनिबार सम्मानीत भएका छन् । दिदिबहिनी फाउन्डेशनले गरेको तीज एवं सांस्कृतिक कार्यक्रमको अवसर पारेर उनीहरुलाई प्रमाण पत्र, दोसल्ला र फुलको गुच्छाले सम्मान गरेका हुन् । कान्तिपुरको कला र शैली विटमा विगत ३ वर्षदेखि काम गर्दै आएकी मधुले बेला बेला महिलाका क्षेत्रमा समेत कलम चलाउदै आएकी छन् ।

madhu3
सुनिताले कार्यक्रममा तीजका गीत सुनाएर दिदिबहिनीलाई नचाएकी थिइन् । कार्यक्रममा डा. भोला रिजालको नेतृत्वमा सहभागी महिलाहरुलाई निशुल्क स्वास्थ्य जांच समेत गरिएको थियो । डेड सय भन्दा बढि महिलाले पाटेरघर क्यान्सर र स्तन क्यानसरबारे जानकारी पनि लिएका थिए । फाउन्डेशनकी अध्यक्ष सिता श्रेष्ठ थापाले प्रत्येक वर्ष तीजको पर्व मनाउनुका साथै स्वास्थ्य जनचेतनाबारे कार्यक्रम गर्दै आइएको बताइन् ।