पाल्पाली तीज हुंदै

काठमाडौं, भदै ९
पाल्पा विकास मञ्चले तीजको अवसरमा राजधानीमा वृहत दर एवं सांगीतिक कार्यक्रम गर्दै छ ।
भदौ १५ गते हुन लागेको कार्यक्रममा गायिका कोमल वलीको विशेष तीज गीतको प्रस्तुती हुनेछ । घर छाडेर रोजगार, शिक्षा र विभिन्न करिअर बनाउने  उदेश्यले काठमाडौमा बस्दै आएका पाल्पाली दिदिबहिनीको संयुक्त भेटघाट गरेर सभद्भावना आदान प्रदान गर्ने उदेश्यले तिज कार्यक्रम गर्न लागिएको मञ्चका अध्यक्ष प्रम शाही समुन्द्रीले बताए ।

गायिका सुनिता दुलालको तीज गीतमा नाच्दै महिला
गायिका सुनिता दुलालको तीज गीतमा नाच्दै महिला

गत वर्षदेखि मञ्चले तीज कार्यक्रम गर्न थालेको हो । विभिन्न कामको व्यवस्तताले चाहेर पनि गांउमा तिज पर्व मनाउन जान नसकेका दिदिबहिनीले राजधान:ीमै एकै थलोमा रमाउन सकिने संयोजक गीता न्यौपाने भुषालले बताइन् । ‘गाउ जान नपाएनि यहां मज्जाले तिज मनाउने छौं’ गीताले भनिन् ‘यसले सद्भावनाको विकास हुन्छ ।’ गीताले २ सय भन्दा बढि पाल्पाली दिदिबहिनी तीजमा सहभागी हुन सक्ने दावी गरिन् ।