आज जनैपुर्णीमा

काठमाडौं–सनातनी हिन्दु धर्माबलम्बीहरुले आज बुधबार जनैपुर्णीमा मनाएका छन् । बिहानै नदि, तलाउ, कुवामा गएर गाईको गोबर, माटो र तुलसीलाई पुजा गर्नु, नयाँ जनै फेर्नु यस पर्वको धार्मीक विशेषता हो ।

यज्ञोपवित, रक्षाबन्धन र ऋषितर्पणी भनेर पनि यो पर्वलाई संवोधान गरिने चलन छ । जनैलाई ‘ब्रहसुत्र’ वा ज्ञानको धागो पनि भनिने परम्परा छ । यो पर्वमा पछिल्लो समय दाजुभाई र दिदिबहिनीहरुले हातमा रक्षाको धागो बाँधेर एक आपसमा सद्भाव–माया साटासाट गर्ने प्रचलन पनि छ । त्यस्तै मोठमन्दीरमा गएर पुजारीको हातबाट डोरो बाध्ने परम्परा पनि यो पर्वको विशेषता हो ।