प्रिन्टकलामा मेसिनरी मानव सभ्यता

काठमाडौं–दैनिक भागदौडमा मानव सभ्यता मेसिन जस्तै बन्न थालेको छ । हाम्रो कला, संस्कृति र इतिहास पनि मेसिनसंगै लोप हुने अवस्थामा छन् । यस्तै भाव झल्कने गरि यतिबेला ललितकला प्रज्ञा प्रतिष्ठानमा प्रिन्टमेकिङ चित्र प्रदर्शनी भइरहेको छ ।

राजधानीमा मंगलबार नक्सालस्थित प्रतिष्ठानमा भारतीय राजदुत जयन्तप्रसादले प्रदर्शनीको उद्घाटनमात्रै गरेनन्, ४४ वटा कलाकारका कलाहरु नियाल्न समेत भ्याए । बुन्दु ए स्पेश फर आर्टिस्ट र प्रतिष्ठानले २०१२ मा गरेको प्रिन्टमेकिङ कार्यशाला गरेको थियो । सोहि कार्यशालाबाट तयार पारिएका कलाहरु अहिले प्रदर्शनीमा राखिएको हो । ‘मेकानीकल लाइफ’, ‘मेकानिकल नेएटिभ कल्चर’ र ‘मेकानिकल हेरिटेज’ गरि तीन भागमा प्रिन्टमेकिङ गरिएको छ । ललितकला पढ्दै गरेका र पढिसकेका पाका एवं युवा कलाकारको सहभागीता छ । जसमा अमृत बहादुर कार्कीले मेकानिकल लाईफ बारे उतारेको प्रिन्ट मेकिङले अहिलेको रोवर्ड जस्तै बन्दै गएको मानव समुदायलाई व्यंग्य गर्छ ।

सिनियर कलाकार विद्याता केसीले चाहिँ मेकानीकल हेरिटज उतारेकी छन् । डोकोमा प्राविधिक सामाग्री राखेर उनले परम्परागत संस्कृति हराउँदै गएकोमा कलामार्फत चिन्ता व्यक्त गरृेकी छने । पछिल्लो समय सुविधा र विकासका नाममा प्रविधि प्रति आर्कषण बढ्दै गएपनि समाजको परम्परात मुल्य, मान्यता र संस्कृति धरापमा पर्दै गएको भाव प्रदर्शनीमा राखिएका कलाले तितो व्यंग्य गरेको प्रतिष्ठानका चित्रकला विभागका प्रमुख शान्तकुमार राईले बताए । ‘प्रविधिले संस्कृति हराउदै गए’ उनले भने ‘कलामार्फत यहिँ महशुस गराउन खोजेका हौँ ।’ दुई साता सम्म जारी रहने प्रदर्शनीमा ६ हजार रुपैँया सम्मका कला राखिएका छन् ।