‘सेतो बाघ’ अब ठुलो र सानो पर्दामा

setobag photo

काठमाडौं–डाइमन शम्शेरको निकै र्चचित उपन्यास ‘सेतो बाघ’ लाई अबका नयाँ पुस्तकले पढेर मात्रै चित्त बुझाउन पर्ने छैन । हेर्न  पनि पाउने भएका छन् । निर्देशक नीर शाहले उक्त उपन्यास लाई पर्दामा उतार्ने जर्मको गर्दैछन् । उनले कात्तिक महिनादेखि नै छायाँकनको तयारी गर्न लागेको बताए । शाहले यस भन्दा अघि डायमन शम्शेरको उपन्यास ‘बसन्ती’ माथि पनि  फिल्म बनाइसकेका थिए ।

स्वर्गबास भइसकेका डायनशम्शेरले ‘बसन्ती’ फिल्म हेरेपछि ‘सेतो बाघ’ को पनि फिल्म बनाउन इच्छा व्यक्त गरेको शाहले सुनाए । ‘बसन्ती’ लाई ठुलो पर्दामा मात्रै बनाएका शाहले ‘सेतो बाघ’ लाई भने ठुलो र सानो दुवै पर्दामा देखाउने सोँच बनाएको बताए । ‘फिल्म र सिरियल बनाउन चाहन्छु’ उनले भने ‘डायमन जिको सपना पुरा गर्न खोजेको छु ।’