गीरि माग पुरा गर्न अनसनमा

इमेलखबर, काठमाडौ भदौ–४
साउन २७ गतेदेखि नेपाल सदेभावना पार्टीका अध्यक्ष सरिता गीरिले आफ्ना माग पुरा नभएको भन्दै आमरण अनसन बस्दै आएकी छन् । रत्नपार्कस्थित शान्तिवाटीकामा उनी अनसन बस्न थालेको ८ दिन पुगिसकेको छ ।
संविधानसभामा ३३ प्रतिशत महिलाको सहभागीता हुनुपर्ने, जनसंख्याको अनुपातमा निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने, नागरिकता नभएका मधेसी समुदायलाई नागरिकताक उपलब्ध गराइनुपर्ने लगायत ३० बुँदे माग गीरिले राख्दै आएकी छन् । मधेसी जनआधिकार फोरम नेतृत्वको मोर्चाले  उच्चस्तरिय राजनीतिक समितिसंग गरेको ६ बुंदे सहमतिले मधेसी समुदायसंग अन्याय गरेको ठहर गर्दै उनले यसलाई खारेज गर्नु पर्ने धारणा पनि राखेकी छन् ।