लता दिदिसंग गीत, राष्ट्रपतिसंग लोकार्पण

album bacchunjeli lai

काठमाडौं (इमेलखबर संवाददाता)–     सुगम संगीतमा नाम कहलिएका रामकुष्ण ढकाल यतिबेला नेपाली इतिहासमा फेरि एउटा नयाँ आमाय थपेका छन् ।
भारतीय गायिका लता मंगेशकरसंग युगल गीत गाएर उनले नेपाली संगीत क्षेत्रमा थप र्चचा कमाएका हुन् । राजधानीमा शनिबार उनको १४ औं एकल एल्बम ‘बाचुँजेल’ सार्वजनिक भएको छ । राष्ट्रपति रामवरण यादवले आफ्नै निवासमा उनको यो एल्बम सार्वजनिक गरेका हुन् । ‘सपना जस्तै लागेको छ’ रामकृष्णले भने ‘लता दिसंग गाउनु, राष्ट्रपतिको हातबाट लोकार्पण गर्न पाउनु निकै गौरवको कुरा हो ।’


उनले कार्यक्रममा आफ्नो लागि इस्पोन्सरमा आएको १ लाख ११ हजार रुपैँया सुदुरपश्चिमका बाडिपीडितलाई सहयोगार्थ राष्ट्रपति समक्ष हस्तान्तरण गरे । संगीतमा लाग्नु मात्रै होइन् एउटा कलाकारको भुमिका समाज सेवा गर्नु पनि हो भन्ने मान्यता राख्दै रामकृष्णले भने ‘म राष्ट्रको कलाकार हुँ ।’  त्यस्तै लता र उनले गाएको ‘बाँचुनजेली लाई…’ गीतलाई कार्यक्रममा छोरी रानीसंग गाए । यसैमेसोमा ‘कुन हुरि…’ बोलको गीतको म्युजिक भिडियो पनि सार्वजनिक गरियो । एलबममा नयां र पुराना गरि ८ गीत छन् ।