पानी जहाजमा विष्फोट १८ भारतिय सैनीक बेपत्ता

३० साउन
भारतको मुम्बईस्थित मुम्बई बन्दरगाहमा राखिएको एक भारतीय  नौसैनिकको एक पानी जहाजमा विष्फोट पछि, आगलागि भएको छ । गएराति भएको यो घटनामा १८ नौसैनीक हराईरहेको बताईएको छ । उनिहरुको अबस्था अझै पत्तो नलागेको भारतिय संचारमाध्यमहरुले जनाएका छन् । यो घटनाको छानविनका लागि आदेश दिईएको छ । सो पानी जहाजको सबैजसो भाग पानीमा डुबेको छ । हराईरहेकाहरुको खोजी तथा उद्धारकार्य  जारी छ । घटनाको भारतिय रक्षा मन्त्रालयले पनि पुष्टी गरेको छ ।