कोमलको ऱ्याप तीज

komal_oli_teej

‘मरक्क कम्मर मकाई

 घुमि नाचौंनझुम

झुम झुमझुमी नाचौंन…’

हरेक तीजमा कोमल ओलीले यसरीनै नयाँ पन दिने कोसीस गर्छिन् । उनको भनाइमा स्रोतालाई संगीतमा फरक स्वाद् चखाउनु नै कोमलको उदेश्य हो । यहि सिद्धान्तलाई अपनाएर उनले यसपाली हिन्दु नेपाली दिदिबहिनीहरुको महान पर्व हरितालिकालाई लक्षीत गरेर तीजको भिडियो ‘झुमी–झुमी’ बजारमा ल्याएकी छन् । ‘पोइला जाम’, ‘बदमास’, ‘पतिदेवका लागि’, ‘डिस्कोमा तीज’ लगायत तीज गीतले र्चचा कमाएपछि उनले यो पटक ऱ्यापमा तीज निकाल्ने जर्मको गरेकी हुन् ।

गीरिस खतिवडा र कोमलको शब्द एवं संगीत रहेको डिभिडिमा रोमान्टीक डान्सीङ शैलीका ८ गीत छन् । केहि पुराना र नयाँप

नि रिमिक्स गरेकी छन् । तीज गीत समय सापेक्ष युवा पुस्ताको माग अनुसार परिर्वतन हुँदै गएको महशुस गर्दै कोमलले तीज ऱ्याप फ्युजन गरेको बताइन् । ‘समय सापेक्ष संगीत ट्रेन बुझ्न जरुरी छ’ उनले भनिन् ‘त्यसैले यस पाली ऱ्याप तीज निकालेकी ।’