राजनीतिक समितिले, असन्तुष्ट दलहरुसंग आजपनि बार्ता गर्दै

३० साउन, काठमाण्डौ ।
प्रमुख चार राजनीतिक दल सम्मिलित उच्चस्तरिय राजनीतिक समितिले आजपनि  निर्वाचन प्रक्रियाप्रति असन्तुष्ट रहदै आएका राजनितीक दलहरुसंग छुट्टा छुट्टै बार्ता गर्दैछ । समितीले आज  नेकपा–माओवादी नेतृत्वको ३३ दलीय मोर्चासंग आज दिउसो तीन बजे नयाँ बानेश्वरस्थित समितिको कार्यालयमा वार्ता गर्न लागेको हो । यस्तै समितिले आजै उपेन्द्र यादव नेतृत्वको मोर्चासंग पनि अपरान्ह पछि वार्ता बार्ता गर्दैछ  । यसअघि हिजो आज पुन बार्तामा बस्ने गरी वार्ता टुंगिएको थियो । हिजो भएको वार्तामा निर्वाचन क्षेत्र निर्धारण र मन्त्रिपरिषद् अध्यक्ष खिलराज रेग्मीको प्रधानन्यायाधीश पदवाट राजीनामा बाहेकका विषयमा सहमति भएको बताईएको थियो । निर्वाचनमा जान १८ बुँदे माग अघि सारेको वैद्य नेतृत्वको मोर्चाले उठाएका मागवारे भने औपचारिक कुनै सहमति भएको छैन् ।