मोर्चाका दुई माग जारी

काठमाडौं(इमेलखबर)

साउन, २९

उपेन्द्र यादवको नेतृत्वको मोर्चाबिच समानुपातिकको सीट संख्या र चार राजनीतिक दलहरु बिच सहमति भएतापनि खिलराज रेग्मीको राजीनामा तथा निर्वाचन क्षेत्र निर्धारण आयोगका विषयमा भने सहमति हुन सकेको छैन् । मंगलबार बसेको बैठकले असहमति भएपछि बुधबार फेरि बैठक बस्ने भएको छ ।

मन्त्री परिषद्का अध्यक्ष रेग्मीलाई प्रधान न्यायधीशबाट तुरुन्दै राजीनामा दिनु पर्ने अडान मोर्चाका नेताहरुले मंगलबार राखेका थिए ।

स्रोतले जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण गरिनुपर्ने र मधेसमा निर्वाचन क्षेत्र बढाउनु पर्ने जस्ता माग मोर्चाले राखेको तर, त्यसमा सहमति हुन नसकेको जानकारीमा आएको छ ।

वार्तास्थलमै चार दल र मोर्चाले क्षेत्र निर्धारण र राजीनामाको एन्जेन्डामा आन्तरिक छलफल गर्न छुट्छुटै छलफलमा उत्रिएका थिए । यद्यपी सहमति हुन नसकेपछि बुधबार पुन: बैठक बस्ने गरि वार्ताले विटमारेको हो ।