मौलिक बाजा जोगाउदै दिपक

 

काठमाडौं(इमेलखबर)
दुई दशकदेखि पप संगीतमा युवाको मन जित्न सफल गायक दिपक बज्राचार्यले अहिल संगीतमा मौलिकता खोज्न लागेका छन् । रिदम व्यान्ड संग आबद्ध उनले पुराना मौलिक बाजाको खोजी र अनुसन्धानमा गरिरहेका छन् । विगत ६ वर्षदेखि उनले व्यक्तिगत लगानीमा अनुसन्धान गर्न लागेका हुन् ।

उनले कन्र्सटका क्रममा युएस गएका बेला एक जना विदेशीले गीटार र ड्रम हाम्रो बाजा हो, तिम्रो मौलिक बाजा खोइ ? भनर सोधेको प्रश्नमा दिपकले नाजवाफ भएको बताए । ‘त्यसपछि मैले निर्णय गरे आफ्नो बाजाको खोजी गर्छु भनेर’ उनले भने ‘बुझ्दै जांदा, हामी मौलिक बाजाका निकै धनि रहेछौं ।’ उनले काठमाडौ उपत्यका भित्रका नेवार र बौद्धिस्ट धर्मका बाजा धेरै भेटिएको बताए । उनी संग अहिले सय भन्दा बढि परम्परागत बाजाहरु संकलनमा छन् ।


संगीतमा फ्युजन गर्ने युवाहरुका लागि दिपकले राम्रो पाठ सिकाउने प्रयास गरेका छन् । उनको विचारमा गीटार र मादल एकै चोटी विना सुरले बजाउदैमा फ्युजन नहुने बताए । वेस्टन फ्युजन गर्नु आफैमा नराम्रो नभएको तर, त्यो गर्दा नेपाली बाजाको मौलिकता गुमाउन नहुने उनको सुनाए । अनुसन्धानका क्रममा दिपकले नेपाली बाजाहरु धेरै लोपोन्मुख अवस्थामा पुग्न थालेको गुनासो गरे । धर्म, समुदाय र जाति विशेषमा सिमीत परम्परागत बाजाहरुलाई खोजी खोजी अनुसन्धान गर्नु पर्ने उनको धारणा छ ।

दिपकले आफ्ना केहि र्चचित पप गीतहरुलाई परम्परागत बाजामा रिमेक पनि गरेका छन् । त्यस्तै इन्द्रजात्रा, लाखे जस्ता विभिन्न पर्वमा बजाइने बाजाहरुलाई रेकर्ड गर्दा कस्तोछ सुनिनेरहेछ भनेर उनले परिक्षण पनि गरेको बताए । पांच जनाको रिदम व्यान्डबाट अहिले अनुसन्धानका क्रममा ३४ जना भइसकेको उनले बताए । उनले बाजाको गहिराई नबुझ्दा सम्म निरन्तर लागि रहने पनि सुनाए ।