आर्थिक विकासको बाधक: हड्ताल, बन्द र आन्दोलन

ईमेलखवर सम्वाददाता
काठमाडौं, साउन २७  पूर्व अर्थमन्त्री डा.रामशरण महतले आर्थिक समृद्धिको बाधक हड्ताल र आन्दोलन भएको बताउनुभएको छ । अन्तर्राष्ट्रिय यूवा दिवसको सन्दर्भमा राजधानीमा आयोजित एक कार्यक्रममा वोल्दै डा. महतले यूवा नेतृत्वहरुलाई बन्द, हड्ताल र आन्दोलन छाडेर आर्थिक छलफल र बहसमा जुट्न आग्रह गर्दै उहाले यूवाको सक्रियताले मात्रै  देश समृद्ध हुनेमा जोड दिनुभयो ।
उहाले यूवा र विद्यार्थीहरु बन्द, हड्ताल र आन्दोलनबाट माथि उठेर सृजनशिल एवं उत्पादनशिल कार्यमा लाग्नुपर्ने बताउनु भयो । कुनै पनि देश आर्थिक रुपमा सम्पन्न नभएसम्म समृद्ध हुन नसक्ने भन्दै उहाले यूवाहरुले आर्थिक विकासको नेतृत्व गर्नुपर्नेमा जोड दिनुभयो । उहाले देशको राजनीतिलाई आर्थिक उन्नतीमा परिणत गर्न सकेमा नेपाल विश्वकै धनि राष्ट्रका रुपमा अघि बढ्न सक्ने अपेक्षा ब्यक्त गर्नुभयो ।
उहाले चर्का चर्का भाषण गर्दैमा मुलुकको विकास हुन नसक्ने उल्लेख गर्दै आर्थिक एजेण्डा र समृद्धिको एजेण्डामा अघि सर्न सबै राजनीतिक दलहरुलाई आग्रह गर्नुभयो । उहाले अबको राजनीतिक एजेण्डा आर्थिक विकासका एजेण्डा बनाइनुपर्ने बताउनुभयो । कार्यक्रममा डा. महतले मिडिया इन्टरनेसनलद्धारा स्थापीत  अन्तराष्ट्रिय यूवा दिवसको सन्दर्भ पारेर समाजसेवी राजु क्षेत्री, महिला उद्यमी भावना पाण्डे, यूवा उद्यमीहरु धनलाल जैसी, निपेश तायल, सुवासउ सुव्वा तथा साहित्यकार शशी थापा पण्डीतलाई सम्मान गर्नुभयो ।
कार्यक्रममा यूवा स्वरोजगार कोषका उपाध्यक्ष डा. पुण्यप्रसाद रेग्मीले स्वरोजगारका लागि शिप, शिक्षा र अठोट आबश्यक रहेको भन्दै व्यबसायीक शिक्षा र शिपमूलक तालीमको अभावमा नेपालीहरु बेरोजगार भएको बताउनुभयो । उहााले यो बर्ष चालीसहजार वेरोजगार यूवालाई स्वरोजगार बनाउने लक्ष रहेको जानकारी गराउादै शिप सिकेका यूवाहरुले आफै काम गरेर राम्रो व्यबसाय संचालन गरेका धेरै उदाहरणले स्वरोजगार कार्यक्रम सफलतातर्फ अघि बढेको उल्लेख गर्नुभयो । देशको अर्थतन्त्र बलियो बन्नका लागि धेरै उद्यमीहरुको आबश्यक्ता रहेको भन्दै राज्य, राजनीतिक दल र सबै नागरिकहरुले त्यसतर्फ ध्यानाकर्षण गर्नुपर्ने आबश्यक्तामा जोड दिनुभयो । त्यसैगरी सोही कार्यक्रममा अनेरास्ववियूका अध्यक्ष माधव ढुंगेलले आफूहरुले अब राजनीतिक आन्दोलन नगर्ने र आर्थिक क्रान्तिका लागि सक्रिय रहने उद्घोष गर्नुभयो ।
बन्द हड्ताल र आन्दोलन बिना राज्यले कुनै पनि कुरा नसुन्ने हुादा आन्दोलनको संस्कार बसेको भन्दै उहााले राज्यले नै आन्दोलनको वाताबरण वनाउन नहुने उल्लेख गर्नुभयो । उहाले अव्यबहारिक शिक्षाले नेपालीलाई बेरोजगार बनाएको भन्दै शिक्षा परिवर्तनका लागि बहसहरु अघि बढाइनुपर्नेमा जोड दिदैं शिक्षाले पनि नेपालको अर्थतन्त्रलाई पछाडि धकेलेको बताउनुभयो ।