हात्तीको डरले सुत्नै पाउदैनन गाउले

जंगली हात्तीको आतंकका कारण सर्लाहीको लालबन्दी, हरिपुर, ढुङ्गेखोला लगायतका स्थानिय रातभर सुत्न पाएका छैनन् । राति एक्कासी बस्ती पसेर हिंसा मच्चाउन पल्कीएको सो हात्तीले, गएको आईतबार हरीपुरमा एक बालिकासहित, दुईजनाको ज्यान लिएको थियो सो हात्ती नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जबाट आएको प्राविधिक टोली पनि हात्ती फेला नपरेको भन्दै फर्किएपछि, स्थानिय झनै चिन्तीत भएका हुन् । यसअघि पनि दुईजनाको ज्यान लिएको सो हात्ती आतंकका कारण स्थानिय खेतमा पानी लगाउन समेत जान सकेका छैनन् त्यति मात्रै होईन रातपरेपछि, आगो बाल्दै पटका पड्काएर अनिदो बस्नु परेको गुनासो स्थानियको छ । तर सो ज्यानमारा हात्ती खोज्न निस्किएको प्राविधिक टोली हात्ती पश्चिम सिमा हुदै, जिल्ला कटेको हुनसक्ने भन्दै फर्किएपनि प्रहरीले हात्तीको अनुगमन गर्न जिल्लाका हरेक युनिटलाई निर्देशन दिएको छ ।