असफल लोकतन्त्रको विकल्प ल्याउनु आवश्यक: पुर्व प्रधानमन्त्री भट्टराई

काठमाडौं, इमेलखबर संवाददाता

पुर्व प्रधान मन्त्री बाबुराम भट्टराईले दक्षिण एसियामा दिगो शान्ती, लोकतन्त्र र विकासका मुद्धाहरुमा साझा छलफल गरिनु पर्ने धारणा राखेका छन् । राजधानीमा बुधबार दक्षिण एसियामा लोकतन्त्र, शान्ति र विकास सम्बन्धी दक्षिण एसियाली सम्मेलनको समोद्घाटन गर्दै उनले यस्तो विचार राखेका हुन् ।
साथै उनले नेपालको संसदीय लोकतान्त्रीक व्यवस्था साकार हुननसकेकोमा दु:ख व्यक्त गरे । उनले असफल लोकतन्त्रीक व्यवस्थाको तुरुन्तै विकल्प खोजेर मुलुकलाई निश्चत दिशातर्फ लौजानु पर्नेमा पनि जोड् दिए । कार्यक्रममा युपीएफ एसियाका अध्यक्ष डा. चंग सिक योङ्ले दक्षिण एसियाली मुलुक गरिब र धनिको खाडल गहिरो भएको बताउदै यसको सुव्यवस्थापन गर्न यहांका राजनीतिक नेतृत्वकर्ताले सन्तानलाई जस्तै समान व्यवहार र हेरचार गर्नु पर्ने बताए ।
सच्चा र स्वाविमानि नेतृत्वले मुलुकलाई न्याय दिन सक्ने उनको भनाइ थियो । कार्यक्रममा नेपालका लागि भारतका पुर्वी राजदुथ केभी राजन, पुर्व राजदुत प्रा.डा.मोहन प्रसाद लोहनी, युपीएफ एसियाकी महासचिव उसुला म्याकल्याण्ड लगायतले लोकतन्त्र र नेतृत्वबारे विचार राखेका थिए ।