सोले फिल्मका कालियाको निधन

असोज १३, काठमाडौं –  हिन्दी फिल्म सोलेमा कालियाको भूमिका निर्वाह गरेर चर्चा कमाएका विजु खोटेको निधन भएको छ । उनको आज बिहान ६ बजेर ५५ मिनेटमा आफ्नै निवासमा निधन भएको इन्डिया टुडेले जनाएको छ ।

उनको ७७ वर्षको उमेरमा निधन भएको हो । विजु विशेषगरी फिल्म शोलेमा कालिया र फिल्म अन्दाज अप्ना अप्ना मा रोबर्टको भूमिकाले चर्चित भएका थिए ।

विजुले १९७४ को फिल्म या मलकुबाट फिल्म क्षेत्रमा डेब्यु गरेका थिए । उनले शोले, कुर्बानी, अन्दाज अप्ना अप्ना, कर्ज, नगिनालगायतका ३०० भन्दा बढी हिन्दी तथा मराठी फिल्ममा अभिनय गरेका छन् ।