नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा, बन्यो दक्षिण एसियाका राष्ट्रहरुमध्ये पहिलो

असोज १३, काठमाडौं – दक्षिण एसियाका राष्ट्रहरुमध्ये नेपाल खुला दिसामुक्त राष्ट्र घोषणा हुनेमा पहिलो भएको छ । सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेका हुन् ।

नेपाल सरकारले काठमाडौँमा सोमबार एक भव्य कार्यक्रम गरी नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालका लागि ऐतिहासिक पहल भएको बताए ।

कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले यसै आर्थिक वर्ष्भित्र नेपाललाई खुला दिसामुक्त राष्ट्र घोषणा गर्ने सरकारको नीति तथा कार्यक्रम र लक्ष्य पुरा भएको बताइन् ।

मन्त्री मगरले २०६८ सालमा सुरु भएको सरसफाइ गुरुयोजनासँगै खुला दिसामुक्त क्षेत्र घोषणा अभियानले व्यापकता पाउँदै नेपाल नै खुला दिसामुक्त राष्ट्र हुन पुगेकोमा खुसी व्यक्त गरिन् ।

देशका कूल ५६ लाख ६० हजार २ सय १४ घरधुरीहरुमा शौचालयहरु बनिसकेका छन् ।