“सरकार कहिल्यै थाक्दैन”– प्रधानमन्त्री

असोज १३, काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले काम गर्न सरकार कहिल्यै नथाक्ने बताएका छन् ।

ललितपुरको भैँसेपाटीमा सोमवार मुख्यमन्त्री आवास भवन निर्माणको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले हल्ला चलाउनेहरू एक दिन थाक्छन् होला तर सरकार कहिल्यै नथाक्ने बताए ।

ओलीले भएकारगरेका कामलाई नजरअन्दाज गर्दै यो पनि भएन, त्यो पनि भएन भनेर हल्ला फैलाउने प्रवृत्ति देखिएको गुनासो गरेका छन् ।

उनले भने ‘केही भएन भनेर असन्तुष्टि फैलाउने काम भइरहेको छ, यो पनि भएन, त्यो पनि भएन भनेर हल्ला फैलाउने प्रवृत्ति देखिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘वाक स्वतन्त्रताको प्रयोग समुचित र स्वस्थ ढंगले हुनुपर्छ ।’

प्रधानमन्त्री ओलीले बडादशैंका अवसरमा सबै नेपालीलाई शुभकामना पनि दिए ।