सुनको मुल्य आकाशिदै — बिहीबार तोलामा १२ सयले बढ्यो

साउन ३०, काठमाडौं — बुधबार ७ सय रुपैयाँले घटेको सुनको भाउले फेरि नयाँ रेकर्ड बनाएको छ।

आज (बिहीबार) सुन तोलामा ७१ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन ७० हजार ३ सय रुपैयाँ रहेको सुन बिहीबार तोलामा १२ सय रुपैयाँले बढेको हो ।   चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेर तोलाको ८४० पुगेको छ ।