बरिष्ठ साहित्यकार मदनमणि दीक्षितको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने

साउन ३०, काठमाडौं —सरकारले वरिष्ठ साहित्यकार मदनमणि दीक्षितको अन्त्येष्टिमा राष्ट्रिय सम्मान प्रदान गर्ने भएको छ ।
सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले बिहीबार विज्ञप्ति निकालेर दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने बताएका छन् ।