सिंगापुर सिरिजको उपाधि जिम्बावेलाई

असोज १७, काठमाडौं – नेपाल, जिम्बाब्वे र सिंगापुरबीचको त्रिकोणात्मक टी(२० सिरिजको उपाधि जिम्बाब्वेले जितेको छ । बिहीबार भएको अन्तिम खेलमा आयोजक सिंगापुरलाई ८ विकेटले हराउँदै जिम्बाब्वेले उपाधि जितेको हो ।

टस हारेर पहिले ब्याटिङमा उत्रिएको सिंगापुरले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । १६८ रनको लक्ष्य जिम्बाब्वेले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गरी नित निकाल्यो । जिम्बाब्वेका पिटर मुरले ९२ रनको इनिङ खेल्दै टोलीलाई जित दिलाएका थिए ।

जिम्बाब्वेले नेपाललाई दुवै खेलमा हराउन सफल भयो भने सिंगापुरसँग एक खेलमा पराजित भएको थियो । सिरिजमा तीनै टोलीले एकर्कासँग २–२ खेल खेल्ने तय भएको थियो । नेपाल र सिंगापुरबीचको एउटा खेल भने वर्षाका कारण रद्द हुन पुगेको थियो । ।

६ अंक बनाएको जिम्बाब्वेले उपाधि जित्दा नेपाल दोस्रो भयो सिंगापुर र नेपालको समान ३–३ अंक भए पनि रनरेटमा नेपाल अघि रह्यो ।