‘हुनेलाई दशै हैछ, नहुनेलाई दशा रहिछ ।’

 

असोज १७, काठमाडौ–सानो काठको बाक्सा, वरिपरि जुत्ताका सोलहरु, सियो र अलिकति धागो । बाँकी आफ्नै हातको सीप । हो, यहि सामाग्री र सिप नै उनको जीवन जीउने आधार हो ।

वर्षौ भयो नयाँ वानेश्वरमा रहेको विजुलीबजार पुलको मुखैमा वसेर सर्लाहीका राजेन्द्र महराले काम गर्न थालेको । हेर्दाहेर्दै यस ठाँउको रुप पुरै फेरियो । उनि भन्छन–मेरो जीन्दगी फेरिएन । ग्राहकको जुत्तामा पालिस गर्ने, फाटेका जुत्ता टाल्ने, सोल फेर्ने र लेस हाल्ने गर्दै २२ वर्ष यहि वाटोमा विताएको वताउने महराले दशै चाँड नजिकिदै जाँदा दोवाटोको यात्री झै अलमलिएका छन ।

उनले सडक नियालीरहेका छन । नजिकिदो दशैसंगै सडकमा गाडीको चाँप घटेको छ । फुटपाथमा मानिसका पाइला कम भएका छन । नयाँ लत्ताकपडा किन्न व्यस्त ग्राहक पुराना टालटुल गर्न आउन छोडिसकेका छन । तै पनि उनले वाटो कुर्न छोडेका छैनन दुई चार पैसाको आशमा ।

विहान देखि वेलुका सम्म उनी फुर्सदिलो भएका छन् । तर यो फुर्सद सुखद नहुने उनको अडकल छ । यस पटक घर जाने योजना उनले वनाएका छन । केटाकेटीको लागि लत्ताकपडा लैजाने मन गरेका छन । त्यो इच्छा पुरा होला नहोला उनि ढुक्क हुन सकेका छैनन । भन्छन–“यस्तै भए कसरी लैजाने केटाकेटीका सामान । ”

जुत्ता सिउने पेशाले दुई छाक टार्न मुस्किल त छैन । तर दशै जस्तो चाडवाड र विरामी पर्दा धौ धौ हुने नमिठो अनुभव संगालेका छन । सवै रमाएको देख्दा मेरा छोराछोरीको पनि रहर लाग्नु स्वाभाविकै हो । लाँउलाँउ खाँउखाँउ भन्ने उमेर त तिनको त होनी तर नसकेर अलिकति चिन्ता वढेको छ । उनलाई अहिले लाग्दैछ,“हुनेलाई दशै हैछ, नहुनेलाई दशा रहिछ” ।

दशै तडकभडक भयो । हुनेखानेको लहैलहैमा सवै लाग्न थाले । गरिबहरु चपेटामा परे । गर्दिन भने पनि नगरि सुखै नपाइने हुन्छ भन्छन महरा ।

नयाँ बानेश्वरको शंखमुलमा वस्दै आएका महराका परिवारमा पाँच जना छन् । परिवारका सवै सदस्य सर्लाहीमा छन । परिवारमा अरुवेला भन्दा दशैका वेला पाउनापाछा धेरै हुन्छन् । उनि भन्छन्, “व्यवस्था मिलाउन गाह्रै पर्छ, जे गरेपनि पैसो खर्च हुने हो । त्यसमा पनि दशै जस्तो चाडवाडमा घर नगई भएन”। उनले घर जाने टिकट पनि काटि सकेका छैनन् । उनले कसैको गाडी पाईन्छ की भनेर आश गरेको वताए ।

विजुलीवजारको पुलको मुखमा रहेको रुखको भेदमा वर्षौ सम्म वसे । वाटो विस्तारका क्रममा रुख काटियो । अलि पर सरे । यहाँ धेरै परिवर्तन भयो । पुल ठुलो भयो । उनले मलिन अनुहारमा भने –मेरो जीवन फेरिएन सर । हजारौ पुराना जुत्ता लाउन मिल्ने वनाए । च्यातिएका जुत्ता जोडेर राम्रो वनाए । धेरैका जुत्ता पालिस गरेर चम्काए । अगाडी वोले महरा–मेरो जीवन किन धमिलो ? कहिले ? के ले चम्किने होला ?