चाडपर्वको बेला आवश्यक सुरक्षा प्रबन्ध मिलाउन गृहमन्त्रीको निर्देशन

असोज १७, काठमाडौं – गृहमन्त्री रामबहादुर थापाले दशैँ, तिहार, छठ जस्ता चाडपर्वमा सुरक्षाको पर्याप्त व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

विहिबार गृह मन्त्रालयमा चाडपर्व लक्षित सुरक्षा योजनाबारे बोलाइएको बैठकमा शान्तिपूर्ण र भयरहित वातावरणमा चाडपर्व मनाउन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन निर्देशन एिका छन् ।

उहाँले चाडपर्वमा खासगरी चोरी, लुटपाट, कालोबजारी जस्ता घटना अत्यधिक हुने भएकाले सोही अनुरूपको सुरक्षा रणनीति बनाउन सुझाव दिएका छन् ।

बैठकमा गृह मन्त्रालयका सचिव प्रेमकुमार राई, नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी, काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिति रहेको थियो ।