विद्युत् खरिद सम्झौता चैत १५ सम्मका लागि नवीकरण

 

पुस १३, काठमाडौँ – नेपाल विद्युत् प्राधिकरण र भारतकोे विद्युत् व्यापारको नोडल एजेन्सी विद्युत् व्यापार निगम (एनभिभीएन) लिमिटेड बीच आगामी चैत १५ गते सम्मका लागि विद्युत् खरिद सम्झौता नवीकरण भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र एनभिभीएनका प्रमुख कार्यकारी अधिकृत ए के गर्ग बीच हिजो भारतको नयाँ दिल्ली स्थित ऊर्जा मन्त्रालयमा उक्त सम्झौताको नवीकरण भएको हो ।

हिजो बिहानै उक्त सझौता नवीकरणका लागि प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ लगायतको उच्चस्तरीय टोली नयाँ दिल्ली प्रस्थान गरेको थियो । नयाँ दिल्लीबाट कुरा गर्दै कार्यकारी निर्देशक घिसिङले आगामी तीन महिनाका लागि विद्युत् खरिद सम्झौता नवीकरण भएको जानकारी दिए । सो क्रममा प्राधिकरणका निर्देशक घिसिङ, भारतीय ऊर्जा मन्त्रालयका अधिकारी र एनभिभीउएनका अधिकारी बीच विद्युत् आयात, अन्तरदेशीय प्रसारण लाइन निर्माण लगायत विषयमा छलफल भएको थियो ।
राजधानीबाट