ओली र प्रचण्ड भेटघाट :पार्टी एकतालाई जोड

 

पुस १३, काठमाडौँ – निर्वाचनमा वामगठबन्धनले अत्याधिक बहुमत हासिल गरे । निर्वाचनमा एकअर्कामा धोका हुने अनुमानलाई एमाले र माओवादी केन्द्र दुवैतर्फका कार्यकर्ताले गतल सावित गरिदिए । निर्वाचनको परिणाम आउन थालेपछि दुवैतर्फका कार्यकर्ता एकता हुनेमा ढुक्क भए । निर्वाचन परिणाममा प्रत्यक्षतर्फ एमाले ८० सिट जित्दै सबैभन्दा ठुलो पार्टी बन्यो भने समग्र भोट र समानुपातिकको आधारमा त कांग्रेस दोस्रो ठुलो पार्टी भएपनि प्रत्यक्षतर्फको सिट संख्याको आधार ३६ सिट जित्दै माओवादी दोस्रो भयो ।

माओवादी अध्यक्षलाई कांग्रेस र मधेसवादी दलले प्रधानमन्त्रीको प्रस्ताव गरे । अनि प्रचण्ड अलमलमा परे । अनि उनले आलोपालोको कार्ड फ्याले । गृहजिल्ला चितवन गएर केही दिने विताए त्यसको चौतर्फी आलोचना भयो । एकता संयोजन समितिको बैठकमा समेत प्रचण्डको कारण दुई पटक स¥यो । समग्र राजनीतिमा गतिरोध उत्पन्न भयो । शंका उपशंका पनि उत्तिकै उब्जियो । यही बेला फोरमका अध्यक्ष उपेन्द्र यादव र एमाले अध्यक्ष वलीको भेटघाट पछि नयाँ घटनाक्रम चर्चा चल्न थाल्यो । एमाले र फोरमको सिट संख्याले प्रतिनिधि सभामा बहुमत पुग्ने भएका कारण स्वयम् माओवादी अध्यक्ष प्रचण्ड समेत अत्तालिए ।

एमालेको १२१ र फोरमको १६ जोड्दा १३७ हुन्छ । त्यो प्रतिनिधि सभाको २७५ सिटको बहुमत हो । रुपन्देहीमा पुगेर फोरम र एमालेको सरकार बनाउने कसरत भइरहेको भन्दै दुखेसो पाखे । केही समय देखि अल्झिएको राजनीतिमा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डको भेटले नयाँ तरङ्ग ल्याएको छ । बुधबार भएको ओली र प्रचण्ड विच देउवा सरकारले सरकार गठनको लागि मार्ग प्रशस्त गर्नु पर्ने, वाम एकता र राष्ट्रिय सभा अध्यादेशका विषयमा कुराकानी भएको छ । दुवै नेताले पार्टी एकतालाई जोड दिएका छन् । सरकार गठन र पार्टी एकताबारे बाहिर गलत हल्ला चलेपछि दुई अध्यक्ष बीच भएको भेटवार्तामा पार्टी एकता, नयाँ सरकार निर्माण र राष्ट्रियसभा गठन सम्बन्धी अध्यादेश बारे गम्भीर छलफल भएको एमाले अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।
अन्नपूर्णबाट