मलेसियामा एक नेपालीको ज्यान गयो

कात्तिक २२, काठमाडौं– मलेसियामा एक नेपालीको मुत्यु भएको छ । सप्तरीको तिरुहुत गाउँपालिका–३ पिप्रराहीटोलका ३२ वर्षीय प्रमोद भिनवार यादवको मलेसियामा ज्यान गएको छ ।

मलेसियाको जोहर मोआर एरिया कुन्दन उल्लुस्थित जिलियन क्रेसियन कम्पनीमा कार्यरत यादव ड्युटीमा जानका लागि तयार भएको बेला अचानक बेहोस भएर ज्यान गएको छ ।

यादवका परिवारले मृतकको शव नेपाल ल्याइदिनका लागि नेपाल सरकार, मलेसियास्थित नेपाली दूतावास तथा सम्बन्धित विभिन्न निकायलाई आग्रह गरेका छन् । दुई वर्षअगाडि यादव रोजगारीको सिलसिलामा मलेसिया गएका थिए ।