युरोपा लिग –सेभिया र स्पान्योलको सहज जित

कात्तिक २२, काठमाडौं – युरोपा लिगमा स्पेनिस क्लब सेभिया र स्पान्योलले भारी अन्तरको जित निकाल्दै नकआउट चरणमा स्थान बनाउन सफल भएका छन् ।

समूहको चौथो खेलमा सेभियाले एफ ९१ डुडेलाङ्गेलाई ५–२ ले हरायो । डुडेलाङ्गेको मैदानमा भएको खेल सेभियाका लागि मुनिरले ह्याट्रिक गरे । मुनास डाबरले पनि दुई गोल गरेका थिए ।

१७औं मिनेटमा डाबरले गोल गर्दै सेभियालाई अग्रता दिलाए । २७औं र ३३औं मिनेटमा मुनिरले गोल गर्दा सेभियाले अग्रता ३–० मा लम्ब्यायो । त्यसको तीन मिनेटपछि डाबरले ब्यक्तिगत दोस्रो गोल गरेपछि सेभियाले पहिलो हाफमा चार गोलको अग्रता लियो ।