बुम रेमिट्यान्सको सफलता

इमेलखबर
काठमाडौं—बुम रेमिट्यानसले काठमाडौंमा आठौं वार्षिक साधारण सभा मनाएकोछ । सोल्टीमोडमा गरिएको भव्य सभामा संस्थाको प्रगति विवरण र पञ्च वर्षिय योजनामाथि प्रकाश पारिएको थियो । उक्त सभामा शेयरसदस्यहरुको उल्लेखीय उपस्थीति थियो । प्रवन्ध निर्देशक धिरेन्द्र पन्तले संस्थाले नेपालमा मात्रै नभई विदेशमा समेत निकै राम्रो ख्याति कमाएको बताए । छोटो समयमा नै सफल परिचय स्थापन गरेको उनले सुनाए ।
कार्यक्रमको सभा अध्यक्ष चाहि अध्यक्ष सृजना रायमाझीले गरेकी थिइन् । बुम रेमिट्यान्सले हाल सम्म नेपालमा ७५ वटै जिल्लामा ४ हजार भन्दा बढी प्रतिनिधि बनाएकोछ । साथै खाडि मुलुक तथा हङकङबाट पनि रेमिट्यान्सको कारोबार गर्दै आएको संस्थाका अध्यक्ष सृजनाले बताइन् । मलेसिया, साउदी अरब, कोरिया, तथा अन्य मुलुकमा पनि कारोवार थालनी गर्ने सोच रहेको उनले बताइन् । प्रबन्ध निर्देशक धिरेन्द्रले चाहि आन्तरिक सञ्जाल तिब्र पार्न बुम रेमिटले विदेशमा पनि आफ्नो सञ्जाल सक्रिय बनाउने रणनीति रहेको बताए ।
पन्तका अनुसार बुम रेमिटले विभिन्न बैंकहरूस‘ग सहर्काय गरि विदेशमा समेत बजार प्रर्वद्धन गरि नेपाली कामदारहरूको विदेशबाट नै खाता खोल्ने प्रवन्ध मिलाएको छ । बुम रेमटले हुन्डी कारोबारलाई निरूस्साहित गर्न नेपाल र विदेशमा वैकिङ साक्षरता कार्यक्रम गर्दै आएको कुराको जानकारी धिरेन्द्र दिए । “नेपाल श्रमिक विप्रेषण बोर्ड” गठन गरि विपे्रषणको रकमलाई राष्ट्र विकासमा लगाई समृद्ध नेपाल सृजना गर्नुपर्ने उनले बताए ।