कतारमा कुमारी बुम सुपर स्टार नाइट हुदै

इमेलखबर
काठमाडौं—संगिक्षा फिल्मस् इन्टरटेन्मेन्ट आयोजनामा यहि मार्च ८ र ९ तारिखमा कतारमा कुमारी बैंक र बुम रेमिट को प्रस्तुतीमा कुमारी बुम सुपर स्टार नाइट गर्न लागिएकोछ । यहि मार्च ८ र ९ ताखिरमा कताकार दुई सहरमा यस्तो कार्यक्रम गर्न लागिएको हो ।
गायक–गायिका, हाँस्य कलाकार र नायक–नायिकाको साथमा यो कार्यक्रम आयोजना हुँदैछ । ‘कुमारी बुम सुपर स्टार नाइट्स’मा चर्चित हाँस्य कलाकार जीतु नेपाल, नायिकाहरु निरुता सिंह, अनु शाह, गायकहरु आनन्द कार्की, अनिल सिंह, हेमन्त शर्मा, युवराज चौलागाईँ, सन्तोष राज, रित कुमार श्रेष्ठ, गायक तथा संगीतकार राजनराज सिवाकोटी, गायिकाहरु राधिका हमाल, एन्जिला रेग्मी, सेलिना कँुवर नृत्य निर्देशक तथा मोडल शंकर बीसी सहभागी हुँदैछन् । यो कार्यक्रमको संचालन चर्चित कार्यक्रम संचालक नरेश भट्टराइले गर्दै हुदैछन् ।


मार्च ८ मा यो कार्यक्रम कतारको अल्खोर स्टेडियममा आयोजना हुँदैछ । यो क्षेत्रमा करिब ७० हजारको हाराहारीमा नेपालीहरु रहँदै आएका छन् । यस्तै, मार्च ९ मा ग्रान्ड मलमा कार्यक्रम आयोजना हुनेछ जुन कतारको राजधानी दोहामा पर्दछ ज‘हा करिब १ लाख ५० हजारको हाराहारीमा नेपालीहरु रहँदै आएका छन् ।
मार्च ८ मा हुने कार्यक्रममा करिब ७ हजार र मार्च ९ मा आयोजना हुने कार्यक्रममा करिब १० हजार नेपालीले यो कार्यक्रम प्रत्यक्ष अवलोकन गर्ने आयोजकको दावी छ ।
कुमारी बैंक र बुम रेमिटको प्रायोजनमा हुने उत्त कार्यक्रममा नेपाल टेलिकम पार्वड बाई रहेको छ भने ट्राभल पार्टनर नेपाः ट्रभल्स एण्ड टुर्स र हस्पिालिटि पार्टनरमा ओपिएम रेष्टुरेन्ट रहेको छ ।
यो कार्यक्रमलाई भव्य र सव्य रुपमा आयोजना गर्नका लागि आयोजक टिममा धिरेन्द्र पन्त, प्रविना रावल पन्त, उमिद्ध श्रेष्ठ, मनोज केसी, नरेश भट्टराई, भविन तामाङ, रित कुमार श्रेष्ठ, जगेन्द्र गुप्ता, मोहमद ताहिर, सुदर्शन गौतम, खगराजखत्री रहेका छन् । कार्यक्रमको मिडिया संयोजक विजय सुवेदी ‘आवाज’ रहनुभएको छ ।