दशैं तिहारमा सरकारी स्वास्थ्य सेवा सुचारु गर्न निर्देशन

असोज १३, काठमाडौं – सरकारले नेपालीको महान पर्व दशैं तिहारमा सरकारी स्वास्थ्य सेवा सुचारु गर्न निर्देशन दिएको छ ।

संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दशैं र तिहारका सार्वजनिक बिदामापनि स्वास्थ्यसेवा यथावत् राख्ने व्यवस्था मिलाउन सबै स्थानीय तहलाई परिपत्र जारी गरेको हो ।

मन्त्रालयले स्थानीय निकायका महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई स्वास्थ्यसेवा यथावत् राख्न ११ बुँदे सुचना जारी गरेको हो ।

जसअनुशार सबै अस्पताल, अस्पतालका फार्मेसी तथा एम्बुलेन्स २४ सैघण्टा सञ्चालनको व्यवस्था मिलाउने, राजमार्ग वरिपरिका स्वास्थ्य संस्थालाई थप तयारीमा राख्ने व्यवस्था मिलाउने रहेका छन् ।