टेलिकमले बुधबारदेखि २६ सहरमा फोरजी सेवा सुरु गर्ने

असार १३, काठमाडौं – नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ वटा ठूला र साना सहरमा फोरजी सेवा सुरु गर्ने भएको छ ।

टेलिकमले महानगरसहित सबै प्रदेशलाई समेट्ने गरी फोरजी सेवा विस्तार गर्दैछ । मुख्य सहर अन्तर्गत दमक, बिर्तामोड, धरान, विराटनगर, इटहरी, जनकपुर, वीरगञ्ज, हेटौँडा, भरतपुर, बुटवल, नेपालगञ्ज, धनगढी लगायत सहरमा फोरजी सेवा सञ्चालनमा ल्याउने छ ।

त्यस्तै साना सहर अन्तर्गत रुकुम, बागलुङ, महोत्तरी, रौतहट, सिरहा, बर्दिया, दाङ, धनकुटा, कैलाली, कपिलवस्तु, म्याग्दी, नवलपरासी, पाल्पा, पर्वत जिल्लाका सदरमुकाममा फोरजी सेवा सुरु हुने बताइएको छ ।