डा केसीको मुद्दा मिश्र र चालिसेको इजलाशमा

पुस २५, काठमाडौं –  – डा गोविन्द केसीको मुद्दा सर्वोच्च अदालतका न्यायधीश ओम प्रकाश मिश्र र केदार प्रसाद चालिसेको संयुक्त इजलाशनमा परेको छ। सर्वोच्चमा दुई पटक फुलकोर्ट बसेपछि इजलाश तय भएको हो।

केही समयपछि नै केसीको बयान सुरु हुनेछ।  बयानपछि सुरुमा डा केसीविरुद्ध अदालतको अपहेलना मुद्दा दायर गर्नेको पक्षबाट बहश हुनेछ। त्यसपछि डा केसी पक्षका अधिवक्ताहरुले बहश गर्ने छन्। बहश सकिएपछि थुनछेक आदेश हुनेछ।

डा केसीको पक्षमा सुरेन्द्र भण्डारी, ड गोपाल शिवाकोटी चिन्तन लगायतले बहस गर्ने तयारी छ ।