एन आई सी एशिया बैंकका ग्राहकले धुम्बाराही अकामा होटलमा २० प्रतिशत छुट पाउने

चैत २, काठमाडौं – एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकहरुले काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट पाउने भएका छन् ।

आइतबार एक कार्यक्रमबिच बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठीज्यू तथा होटलको तर्फबाट महाप्रबन्धक श्री राजु श्रेष्ठले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।

समझदारी बमोजिम बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवा प्रयोग गरे वापत रकम भुक्तानी गर्दा २० प्रतिशत छुट पाउन सकिन्छ ।

बैकले ग्राहक महानुभावहरूले देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा ३० प्रतिशतसम्म छुट प्रदान गरेको छ ।