लोसपा वरिष्ठ नेता महतो भन्छन्,‘सत्ता गठबन्धनमा सामेल हुन सक्छौं’

साउन २३, काठमाडौ–
दश महिना देखि सत्ता गठबन्धनमा जाने विषयमा छलफल चलेको लोकतान्त्रीक समाजवादी पार्टी अहिले केहि सकरात्मक देखिएकोछ । प्रधानमन्त्री शेरबहादुर देउवा संग आइतबार बालुवाटारमा बसेको बैठकले छलफल पछि लोसपा सत्ता गठबन्धनमा सामेल हुने कुरामा सकात्मक धारणा देखाएकोछ ।
प्रधानमन्त्री भेटघाटमा सहभागी लोसपाका वरिष्ठ नेता राजेन्द्र महतोका अनुसार प्रधानमन्त्री देउवाले गठबन्धन सरकार संग सामेल हुन प्रस्थाव राख्दै आउनु भएको बताए । जस अन्र्तगत आइतबारको बैठकमा लोसपा सकरात्मक देखिएकोछ ।
लोसपाका अध्यक्ष महन्त ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, शरत् सिहं भण्डारी, केन्द्रीय कार्यकारणी सदस्य सर्वेन्द्र नाथ सुक्ला लगायत प्रधानमन्त्रीको भेटमा उपस्थीत थिए । नेता महतोले लोसपाले उठाउदै आएको नागकिरताको मुद्धा र आन्दोलनको क्रममा झुट्टा मुद्धा लगाएर थुनामा पारिएकाहरुको रिहाइ गर्ने लगायतका माग राख्दै आएको बताए । यि माग पुरा भएपछि मात्रै सरकारसंग सहकार्य गर्न सकिने उनले सुनाए । जस अन्र्तगत आइतबारको छलफलमा प्रधानमन्त्रीको सकरात्मक धारणा आएको उनले सुनाए । नागरिकताको विषय भने संसदमा पास भई राष्ट्रपतिबाट स्वीकृत हुन बाकी छ । साथै बैठकमा चुनावी तालमेल र प्रधानमन्त्रीलाई सघाउने विषयमा लोसपा सकरात्मक रहेको पनि उनले सुनाए ।