कोरोना पुष्टि भएपछि भोजपुरका तीन विद्यालय बन्द

साउन २३, काठमाडौं–
भोजपुरको टेम्केमैयु गांउपालिकाका तीन वटा विद्यालय बन्द गरिएकोछ । कोरोना संक्रमणका कारण स्कुल बन्द गरिएको हो । पालिकाको वडा–३ अन्नपुर्णस्थित बाघधन रणदीप राई माध्यमिक विद्यालय, छाङछाहाङ प्रावि र वडा–७ को जनोदय मावि बन्द भएका हुन् ।
साउन २७ सम्मका लागि विद्यालय बन्द गरिएको बाघ धन रणदीपा राई माविका प्रधानाध्यापक डम्बर राईले बताए । उनका अनुसार विद्यालयका पांचका विद्यार्थीमा कोरोना पुष्टि भएपछि स्कुल बन्द गर्ने निणर्य गरिएको हो । कोरोना संग मेल खाने लक्षणदेखा परेपछि एन्जीटेन परिक्षण गर्दा पांच जनामा संक्रमण पुष्टि भएको उनले बताए ।