युट्युबको ट्रेन्डिङमा ‘कबड्डी ३’

पुष १, काठमाडौं –ओे.एस.आर डिजिटल मार्फत रिलिज भएको १९ घण्टामा फिल्म ’कबड्डी कबड्डी कबड्डी’ लाई ९ लाख माथि दर्शकले हेरेर ट्रेन्डिङमा ल्याएका छन् ।

फिल्मले अहिले युट्युबको ६ औ स्थान ओगटेको छ।  रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिष्मा गुरुङ, कर्मा, विल्सनविक्रम राई, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङ, लूनिभा तुलाधर, कमलमणि नेपाल, अरुणा कार्की पोखरेल, डाक्टर सिंह गुरुङ, शिला खनाल, मणि के राईलगायतका कलाकारको अभिनय रहेको छ ।