दुई मतले हारेपछि गच्छदारको असन्तुष्टि, पुनः गणनाको माग

पुष १, काठमाडौं – नेपाली कांग्रेसको उपसभापतिमा दुई मतले हारेका विजयकुमार गच्छदारले निर्वाचन समिति गुहारेका छन् ।

बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए। गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए ।

गच्छदारले मतपरिणाममा असहमति जनाउँदै पुनः गणनाको माग गर्दै निवेदन दिएका हुन्।

उपसभापतिमा पूर्णबहादुर खड्का पनि विजयी भएका छन्। अब महामन्त्रीको दुई पदका लागि अहिले केहीबेरमा मतगणना हुँदैछ।