काग्रेस महाधिवेशनः बिहान ११ बजेभित्र उम्मेद्वारी फिर्ता लिइसक्नुपर्ने

मंसिर २६, काठमाडौं – नेपाली कांग्रेसको जारी महाधिवेशनमा शनिबार परेका उम्मेद्वारी फिर्ता लिनका लागि आज आइतबार बिहान ११ बजेसम्मका लागि समय छुट्याइएको छ।

कांग्रेस निर्वाचन समितिका अनुसार त्यसपछि उम्मेद्वारको अन्तिम नामावली प्रकाशन हुनेछ। समितिले शनिबार राति उम्मेद्वारको प्रथम नामावली प्रकाशन गरिसकेको छ ।

जसअनुसार १३४ पदका लागि ५४८ जनाको उम्मेद्वारी परेको छ । सभापतिमा मात्र ६ जनाको उम्मेद्वारी परेको छ। जसमा चार जना प्यानललसहित चुनावी मैदानमा छन्।