राजेश हमाल र गीताको ‘डाँडा पारी’ सार्वजनिक

मंसिर २६,काठमाडौं – महानायक राजेश हमालको अभिनय रहेको नयाँ म्युजिक भिडियो ‘डाँडा पारी’ सार्वजनिक भएको छ ।

रामकृष्ण ढकाल र कविता श्रेष्ठको स्वर रहेको गीतमा यमु शर्मा सुब्बाको शब्द र संगीत छ । भिडियोको निर्देशन आयुष क्षेत्रीले गरेका हुन् ।

अभिनाश डिसी र भूपेन्द्र अधिकारीको सम्पादन रहेको भिडियोको दृश्य कैद ज्ञानेन्द्र शर्माले गरेका छन् ।

राजेशलाई अभिनयमा गीता ढुंगानाले साथ दिएकी छिन् ।