पाँच सहकारी खारेज

असोज २८, काठमाडौँ-सहकारी ऐनअनुसार सञ्चालनमा आउन नसकेका पाँच सहकारी संस्थालाई खारेज गरिएको छ । पटक–पटक प्रतिवेदन बुझाउन ताकेता गरे पनि अटेर गरेपछि दुई जिल्लाका पाँच सहकारी संस्थालाई खारेज गरिएको हो ।
सहकारी डिभिजन कार्यालयले पाल्पाको खस्यौलीस्थित मणिमुकुण्द सहकारी, गुल्मी दिगामको शृङ्गेश्वर आदर्श सहकारी, गुल्मी फोक्सिङ्कोटस्थित सत्यवती सहकारी संस्था खारेज गरेका हुन् ।