चलचित्र ‘टुल्की’को टिजर तथा फर्स्ट लुक सार्वजनिक

असोज १, काठमाडौं  – बहुपति प्रथामा आधारित नेपालकै पहिलो कथानक चलचित्र ‘टुल्की’को टिजर तथा फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । द पाल्म ग्रुप प्रा।लीद्वारा निर्माण गरिएको चलचित्र डोल्पा जिल्लाको फोक्सुन्डो, त्रिपुराकोट, रल्ली, करेलीकाँडा लगायतका विकट गाउँबस्तीमा पुगेर छायांकन गरिएको हो ।

डोल्पा, हुम्ला, मुगु, मुस्ताङ लगायतका हिमाली जिल्लामा कुप्रथाको रूपमा अझै पनि कायमै रहेको बहुपति प्रथालाई ुटुल्कीु मार्फत देखाइएको निर्माता शेखर लामाले बताए ।

चलचित्रमा डोल्पाको तल्लो क्षेत्रमा पर्ने एक फरक समुदायमा हुर्केकी केटी प्रेम विवाह गरेर उपल्लोमा जान्छिन् र त्यहाँ गइसकेपछि उनले प्रथाको नाममा भोग्नुपरेको सामूहिक बलात्कारको दुखान्त कथा वस्तुलाई चलचित्रमा उजागर गरिएको छ ।

चलचित्रको छायांकन र निर्देशन देवजंग थापाले गरेका हुन् । चलचित्रमा संगीत संजिव लिम्बुको रहेको छ। तारा थापा किम्भेको सम्पादन रहेको चलचित्रमा मिक्सिङ्ग दीप तुलाधरले गरेका छन्।

चलचित्रमा शिशिर वाङ्देल, सोम लामा, स्वस्तिमा कार्की, सौजन सुब्बा, नरेन्द्र तामाङ, सोफिया लिम्बू, दीर्घ लामा, महेश लिम्बू, रत्नप्रसाद न्यौपाने, भक्तसिंह कठायत लगायतका कलाकारको अभिनय रहेको छ ।